लोमस फर्मास्युटिकल्सका दुई औषधि बिक्रीमा रोक

काठमाडौं । न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्री वितरणमा रोक लगाएको हो ।

 

मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए।

 

औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्रीवितरकलाई मंगलबार निर्देशन दिइएको बताइएको छ । विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।

खानी तथा खनिज पदार्थ अध्ययन गर्ने अवधि छोट्याइँदै,  यस्ता छन् नयाँ ऐनमा प्रस्तावित व्यवस्था Read Previous

खानी तथा खनिज पदार्थ अध्ययन गर्ने अवधि छोट्याइँदै, यस्ता छन् नयाँ ऐनमा प्रस्तावित व्यवस्था

लकडाउनमा छापियो साढे ३ लाख स्मार्ट लाइसेन्स, अझै २ लाख छाप्न बाँकी Read Next

लकडाउनमा छापियो साढे ३ लाख स्मार्ट लाइसेन्स, अझै २ लाख छाप्न बाँकी