काठमाडौंका ५ सडक पुल चालू आर्थिक वर्षभित्रै बन्ने

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले ६ वटा पुल निर्माण गरिरहेको छ । सो पुल मध्ये ५ वटा पुल चालू आर्थिक वर्षभित्र सम्पन्न गरिने काठमाडौं डिभिजन कार्यालयका महानिर्देशकले जानकारी दिए ।उनका अनुसार उपत्यकामा बन्दै गरेका ६ वटा पुल मध्ये ५ वटा पुल यही चालू आवमा निमार्ण सम्पन्न हुनेछ ।

 

हाल काठमाडौं डिभिजन कार्यालयले जडिबुटिमा बन्न लागेको बेली ब्रीज, साँखुको मनमती पुल, काठमाडौं ललितपुर जोड्ने बाग्मती–नैखण्डी पुल, घट्टेकुलोको आसीसी ब्रीज र तीनथानामा बन्दै गरेको पुलको निर्माण यही चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको हो ।

 

जडिबुटीमा २४.३८ मिटर लम्बाइको बेली ब्रीज निर्माण भइरहेको छ । उक्त स्थानमा बेली ब्रीज निर्माण हुने क्रममा रहेको छ । सो ब्रीज गत आर्थिक वर्षको असारसम्ममा सम्पन्न हुनुपर्ने थियो । यसको म्याद थप गरि चालू आर्थिक वर्षको असोज-कार्तिक महिनासम्ममा सम्पन्न गर्ने डिभिजन कार्यालय जानकारी गरिएको छ ।

 

यस्तै साँखुमा मनमती खोलामा आसीसी ब्रीज निर्माण हुने क्रममा रहेको छ । सो २१ मिटर लम्बाईको पुल निर्माण कार्तिक महिनासम्ममा सम्पन्न गरिने भएको छ ।काठमाडौं–ललितपुर जोड्ने नैखण्डी पुल समेत कार्तिक महिनासम्ममा सम्पन्न हुने भएको छ । २१ करोड लगानीमा बन्ने लागेको हो ।

 

यस्तै काठमाडौंको घट्टेकुलोमा आरसीसी पुल बन्दै छ । सो ब्रीज १२ मिटर लम्बाइको रहेको छ । सो पुल चालू आर्थिक वर्षको मंसिर महिना सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

तीनथानामा बन्न लागेको पुलको स्ट्रकटर बनिसकेको र अब पुल हाल्न मात्र बाँकी रहेको डिभिजन कार्यालयले जानकारी दिएको छ ।
सेतीदेवी वाग्मती खोला पुल भने आगामी आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । सो पुल ९५ मिटर लम्बाइको बन्न लागेको हो । पुलको लम्बाई लामो भएकोले त्यसको निर्माणमा समय लाग्ने भएको छ ।

मौद्रिक नीति आज सार्वजनिक हुँदै Read Previous

मौद्रिक नीति आज सार्वजनिक हुँदै

सडक डिभिजन कार्यालय काठमाडौंको ४१ करोड बजेट फ्रिज Read Next

सडक डिभिजन कार्यालय काठमाडौंको ४१ करोड बजेट फ्रिज