मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं । राष्ट्र बैंकले आर्थिक वर्ष ०७६७/७ को मौद्रिक नीति आज (बुधबार) सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले अपराह्न ४ बजे र्‍याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो।

 

राष्ट्र बैंकले असार २७ गते सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति निर्धारित मितिभन्दा १२ दिन ढिला गरी सार्वजनिक गर्न लागेको हो ।

 

बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीतिको मस्यौदा छलफल गरि मौद्रिक नीति पारित गरेपछि अपराह्न सार्वजनिक गर्ने पक्का भएको हो।

क्रिकेट रङ्गशाला निर्माणका लागि  समिति गठन Read Previous

क्रिकेट रङ्गशाला निर्माणका लागि समिति गठन

काठमाडौंका ५ सडक पुल चालू आर्थिक वर्षभित्रै बन्ने Read Next

काठमाडौंका ५ सडक पुल चालू आर्थिक वर्षभित्रै बन्ने