६ महिनापछि रसुवागढी नाकाबाट सामान आयात शुरू

काठमाडौं । करिब ६ महिनापछि रसुवागढी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ ।

 

कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट सोमबार पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए ।

 

कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी चिनियाँ पक्षले रसुवागढीकोे मितेरी पुलसम्म सामग्री पुर्याई दिएको सीमाक्षेत्रका सरकारी अधिकारीले बताएका छन् ।

 

सोमबार करिब आधादर्जन ट्रकबाट जुुत्ता, चप्पल, कपडालगायत मालवस्तु भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

 

कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले दुुई देशका सीमा अधिकारीबीच गत हप्ता भएको सहमतिअनुरूप रसुवागढीस्थित मितेरी पुलमा चिनियाँ व्यवसायीले सामग्री ल्याएको बताइएको छ ।

भौतिक पूर्वाधारको एकतिहाइ बजेट फ्रिज हुने सम्भावना, ३०० पुल बन्नु पर्नेमा आधा मात्र सम्पन्न Read Previous

भौतिक पूर्वाधारको एकतिहाइ बजेट फ्रिज हुने सम्भावना, ३०० पुल बन्नु पर्नेमा आधा मात्र सम्पन्न

नेपालमै विमानको पार्टपुर्जा मर्मत सम्भार गर्ने तयारी, वार्षिक करोडौं जोगिने Read Next

नेपालमै विमानको पार्टपुर्जा मर्मत सम्भार गर्ने तयारी, वार्षिक करोडौं जोगिने