आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा, पुरानै गभर्नरको हस्ताक्षर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) देखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।

 

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

 

केन्द्रीय बैंकका अनुसार, ‘नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ ।

 

नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।

४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट पुग्यो, मोबाइल डाटा प्रयोग गर्ने ५४ प्रतिशत Read Previous

४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट पुग्यो, मोबाइल डाटा प्रयोग गर्ने ५४ प्रतिशत

भारतमा भयावह बन्दै कोरोना, रसियालाई उछिन्दै विश्वमै धेरै संक्रमित हुनेमा तेस्रो Read Next

भारतमा भयावह बन्दै कोरोना, रसियालाई उछिन्दै विश्वमै धेरै संक्रमित हुनेमा तेस्रो