भारतमा भयावह बन्दै कोरोना, रसियालाई उछिन्दै विश्वमै धेरै संक्रमित हुनेमा तेस्रो

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ ।

 

पछिल्लो २४ घण्टामा २५ हजार नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ लाख नजिक पुगेको छ । योसँगै भारत रसियालाई उछिन्दै विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको तेस्रो स्थानमा पुगेको छ ।

 

भारतमा हालसम्म भारतमा १९ हजार ७०० जनाको मृत्यु भइसकेको छ भने ४ लाख २४ हजार ८९१ बिरामी निको भएका छन्।

 

वर्ल्डोमिटरको तथ्यांक अनुसार सोमबार बिहानसम्म विश्वमा सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म २९ लाख ८२ हजार ९२८ जनालाई कोरोना संक्रमण भइसकेको छ। तीमध्ये १ लाख ३२ हजार ५६९ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ८९ हजार ५५४ बिरामी निको भइसकेका छन्।

 

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित हुने देशमा ब्राजिल दोस्रो स्थानमा छ।त्यहाँ अहिलेसम्म कोरोना संक्रमितको संख्या १६ लाख ४ हजार ५८५ पुगेको छ भने तीमध्ये ६४ हजार ९ सयको मृत्यु भएको छ। संक्रमितमध्ये ९ लाख ७८ हजार ६१५ जना निको भइसकेका छन् ।

आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा, पुरानै गभर्नरको हस्ताक्षर Read Previous

आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा, पुरानै गभर्नरको हस्ताक्षर

बेलाबेलामा भारतले गर्ने अवरोधले चिया, अलैंची र अदुवाको निर्यातमा व्यापक गिरावट Read Next

बेलाबेलामा भारतले गर्ने अवरोधले चिया, अलैंची र अदुवाको निर्यातमा व्यापक गिरावट