एनएमबीद्वारा कञ्चन डेभलपमेन्ट बैंक प्राप्तिको प्रस्ताव पारित, स्वाप रेसियो कति

काठमाडौं । एनएमबी बैंक लिमिटेडको आज सम्पन्न विशेष साधारणसभाले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

 

कञ्चन डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाका आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः ८५ लाई विशेष साधारण सभाले स्वीकृत गरेको छ ।

 

अब कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले उक्त बैंकका १०० कित्ता बराबर एनएमबी बैंक लिमिटेडका ८५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

 

सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति बनाएको बैंक प्राप्तिपछि एनएमबी बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ भने रिजर्भ ७ अर्ब ५ करोड पुग्नेछ ।

अर्थतन्त्रका समस्या सम्बोधन गर्ने मौद्रिक नीति ल्याउन सेजनको राष्ट्र बैंकलाई सुझाव Read Previous

अर्थतन्त्रका समस्या सम्बोधन गर्ने मौद्रिक नीति ल्याउन सेजनको राष्ट्र बैंकलाई सुझाव

४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट पुग्यो, मोबाइल डाटा प्रयोग गर्ने ५४ प्रतिशत Read Next

४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट पुग्यो, मोबाइल डाटा प्रयोग गर्ने ५४ प्रतिशत