अर्थतन्त्रका समस्या सम्बोधन गर्ने मौद्रिक नीति ल्याउन सेजनको राष्ट्र बैंकलाई सुझाव

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने विषय बारे सुझाव प्रतिवेदन बुझाएको छ ।

 

सेजनले आगामी मौद्रिक नीति २०७७/७८ सम्बन्धमा सरोकारवालासँगको अन्तरक्रिया गरी सम्बन्धित क्षेत्रका समस्या हल गर्न आवश्यक सुझाव सहित प्रतिवेदन बुझाएको हो ।

 

आइतबार सेजन अध्यक्ष भीमप्रसाद गौतमले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी सुझावसहितको प्रतिवेदन बुझाएका हुन् ।

 

सेजनले बैंक तथा वित्तीय क्षेत्रका अधिकारी, निजी क्षेत्रका व्यवसायीहरुको छाता संस्था, पर्यटन, ऊर्जा, यातायात लगायत क्षेत्रका व्यक्तिहरुसँग अन्तरक्रिया गरी सम्बन्धित क्षेत्रका समस्या सम्बोधनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने व्यवस्था बारे सुझाव दिएको छ ।

 

कोरोनाबाट सृजित विषम परिस्थितिमा सबै क्षेत्र प्रभावित हुन गई ठूलो क्षति पुगेकाले तिनको पुनरुत्थान तथा सञ्चालनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विशेष व्यवस्था गर्नुपर्ने सेजनको सुझाव छ ।

 

सरकारको बजेटमा प्रस्तुत राहत र प्रोत्साहनका धेरैजसो कार्यक्रम मौद्रिक नीतिमार्फत् कार्यान्वयन गर्नुपर्ने भएकाले उद्यम व्यवसायको संरक्षण, रोजगारी, उत्पादन, माग र आपूर्ति श्रृंखलाको निरन्तरताका लागि नेपाल राष्ट्र बैंकले अभूतपूर्व मौद्रिक उपायहरु प्रयोगमा ल्याउनु पर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।

 

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो Read Previous

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

एनएमबीद्वारा कञ्चन डेभलपमेन्ट बैंक प्राप्तिको प्रस्ताव पारित, स्वाप रेसियो कति Read Next

एनएमबीद्वारा कञ्चन डेभलपमेन्ट बैंक प्राप्तिको प्रस्ताव पारित, स्वाप रेसियो कति