सेयर बजार : १ अर्ब बढीको कारोबार, ४ कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । गतसाता सर्किटै सर्किट लागेको सेयर बजार आज सामान्य देखिएको छ । पछिल्ला ३ दिन सर्किट लागेर पूरै अवधि कारोबार नभइ बन्द भएको बजार आइतबार सामान्य अंकले बढेर बन्द भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ९.३५ अंकले बढेर १२६५.४५ विन्दुमा पुगेको छ । आज १७२ कम्पनीको १ अर्ब ३ करोड ३३ लाख ९० हजार २३१ रुपैयाँ बराबरको कारोबार भएको छ । २८ लाख ६ हजार ८९८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

कारोबार भएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी ७ समूहको परिसूचक उकालो लागेका छन् । आज सबैभन्दा धेरै जीवन बीमासमूहको परिसूचक २१९.३९ अंकले बढेको छ भने व्यापार समूह ७५.२३ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको १५ करोड १२ लाख ४१ हजार ९८७ रुपैयाँको कारोबार भएको छ । कारोबारकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंक क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।

 

आज ४ कम्पनीको मूल्यमा सर्किट लागेको छ । सूर्योदय लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन र सेन्ट्रलर फाइन्सान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यी कम्पनीको मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

चन्द्रागिरि हिल्सले आइपीओ निष्काशनका लागि नागरिक लगानी कोषसँग गर्‍यो सम्झौता Read Previous

चन्द्रागिरि हिल्सले आइपीओ निष्काशनका लागि नागरिक लगानी कोषसँग गर्‍यो सम्झौता

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो Read Next

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो