काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा सेयर (आइपीओ) निष्कासन तथा प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ ।
कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कोषले चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार ९१० कित्ता सेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर प्रत्याभूति गर्ने सम्झौता भएको हो ।
हिल्सले आइपीओ निष्काशनका लागि अनुमति माग्दै जेठ २५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।