६३ करोडको आइपीओ निष्काशनका लागि रिलायन्स लाइफले दियो बोर्डमा आवेदन

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सेयर (आइपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

 

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्न बोर्डमा अनुमति माग गरेको हो ।

 

बीमा कम्पनीले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन कम्पनीले आइपीओ निष्काशन गर्न लागेको हो ।

 

हाल १ अर्ब ४७ करोड चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशनपछि चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

 

कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

नेप्सेको नयाँ नीति, जसले मार्जिन लेन्डिङको औचित्य सकिँदै Read Previous

नेप्सेको नयाँ नीति, जसले मार्जिन लेन्डिङको औचित्य सकिँदै

मेलम्चीको मुख्य सुरुङमा पानी हालियो, घरघरमा पुग्न भने अझै समय लाग्ने Read Next

मेलम्चीको मुख्य सुरुङमा पानी हालियो, घरघरमा पुग्न भने अझै समय लाग्ने