आइएलओले गैरआवासीय नेपाली संघलाई ५ करोड अनुदान दिने

काठमाडौं। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ५ करोड १० लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको छ ।

 

एनआरएनएले एक विज्ञप्ति जारी गर्दै आइएलओ र गैरआवासीय नेपाली संघबीच उक्त अनुदान सहयोगका लागि मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी दिएको छ ।

 

संघका अध्यक्ष कुमार पन्तका अनुसार विशेष गरी कोभिड १९ बाट प्रभावित मलेसिया, यूएई, कतार र साउदी अबर गरी चार देशका नेपालीको सहयोगार्थ आइएलओले सो आर्थिक सहयोग गरेको हो ।

 

सो रकम कोभिड १९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा खर्च हुने गैरआवासीय नेपाली संघले जनाएको छ । संघका अनुसार कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्न र श्रमिकको हितका लागि सो रकम खर्चिने छ ।

 

ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कुटनीतिक नियोगसंग समन्वय गरि कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको संघले बताएको छ ।

 

ती कार्यालयबाट विदेशमा कोरोनाकै कारणले जागिर छोड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने तयारी संघले गरेको छ । एनआरएनले पहिलो पटक विदेशी संस्थाबाट यति ठूलो आर्थिक सहयोग प्राप्त गरेको हो ।

 

आइएलओले सो प्रस्तावलाई करिब ५ हप्ता लगाएर अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।

साधना लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त Read Previous

साधना लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त

लकडाउनको मौका छापी ब्रह्मलूट, ६० रुपैयाँको औषधि २ हजार ४०० मा बिक्री ! Read Next

लकडाउनको मौका छापी ब्रह्मलूट, ६० रुपैयाँको औषधि २ हजार ४०० मा बिक्री !