लकडाउनले पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब नोक्सान

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा प्रतिमहिना १० अर्बको नोक्सानी भएको अनुमान गरिएको छ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराईले यस्तो जानकारी गराएका हुन्।

 

उनका अनुसार चैत यता पर्यटन तथा हवाइ क्षेत्रमा प्रतिमहिना १० अर्बको क्षति भइरहेको छ। चैत ११ गतेदेखि आजसम्म आइपुग्दा ३४ अर्बको नोक्सान भएको उनको भनाइ छ ।

 

पर्यटन बोर्ड तथा नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययनले समितिले दिएको प्रतिवेदनले यो क्षतिको आँकलन गरेको हो ।

 

सरकारले साउन ७ गतेसम्म हवाई उडानमा प्रतिबन्ध लगाएको छ । त्यस अवधिसम्म यस क्षेत्रको नोक्सानी सम्ममा ४१ अर्ब पुग्ने मन्त्रायलको अनुमान छ ।

 

पार्किङ शुल्कमा ७५ प्रतिशत छुट

 

सरकारले हवाई जहाज पार्किङ शुल्कमा ७५ प्रतिशत बछुट दिने तयारी गरेको मन्त्री भट्टराईले जानकारी गराए । त्यस्तै, मन्त्रालयले बाहल आय, इजाजत तथा नवीकरण दस्तुरमा ५० प्रतिशत छुट दिन सरकार समक्ष तयारी गरेको छ । मन्त्रालयले लकडाउनमा अवधिमा लाग्ने डिमरेज चार्ज छुट दिएको छ ।

 

यस्तै, मन्त्रालयले हवाई कम्पनीहरुले प्राधिकरण तथा बोर्डलाई तिर्ने रकमको अवधि बढाएको छ भने सो अवधिमा रकम नबुझाए लाग्ने थप जरिवाना मिनाहा गरेको छ ।

 

मन्त्रालयले बजेटमा व्यवस्था गरिएको पुनरुत्थान तथा दिगो पर्यटन विकास कार्यक्रमका लागि २० करोड रकम व्यवस्था गरेको छ ।

रोकिएन असारे विकास, करोडौं बजेट बालुवामा पानी Read Previous

रोकिएन असारे विकास, करोडौं बजेट बालुवामा पानी

४ महिनामै जियोले बेच्यो ११ विदेशी कम्पनीलाई सेयर स्वामित्व, फेसबुकको हिस्सा धेरै Read Next

४ महिनामै जियोले बेच्यो ११ विदेशी कम्पनीलाई सेयर स्वामित्व, फेसबुकको हिस्सा धेरै