मौद्रिक नीतिमा बिना धितो कर्जाको व्यवस्था मिलाउन माग

काठमाडौं । राष्ट्रिय व्यापार सङ्घले मौद्रिक नीतिमा व्यवसायीलाई बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेको छ ।

 

सङ्घका महासचिव वैकुण्ठ दाहालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड-१९ का कारण थला परेको अर्थतन्त्र जोगाउन बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेका हुन् ।

 

कोरोनाले थलिएका व्यापारीलाई मौद्रिक नीतिले उठाउने अपेक्षासमेत व्यवसायीले लिएका छन् । सङ्घले बन्दाबन्दीको समयको बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न तथा किस्ताको समय थप गर्नुपर्ने बताएको छ ।

 

व्यवसायीलाई सरकारले पुनर्कर्जाको व्यवस्था मिलाउनको साथै सरल र बिना झण्झट कर्जाको व्यवस्था गर्न सङ्घले आग्रहसमेत गरेको छ ।

 

विसं २०६१ मा स्थापना भएको सङ्घले व्यवसायीको हकहितका लागि काम गर्दै आएको छ । उक्त सङ्घमा एक हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।

नेपाल पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लियो, सार्कमा कुन देशको प्रतिव्यक्ति आय कति Read Previous

नेपाल पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लियो, सार्कमा कुन देशको प्रतिव्यक्ति आय कति

अमेरिकी अर्थतन्त्रमा गहिरो संकट, निजी क्षेत्रका ४० लाख श्रमिकको पारिश्रमिक कटौती Read Next

अमेरिकी अर्थतन्त्रमा गहिरो संकट, निजी क्षेत्रका ४० लाख श्रमिकको पारिश्रमिक कटौती