नागरिक स्टक डिलरले माग्यो सीईओका लागि दरखास्त, साउनदेखि कारोबार गर्ने तयारी

काठमाडौं । नागरिक लागनी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दस्खास्त आह्वान गरेको छ ।

 

कम्पनीले आगामी साउनदेखि कारोबार सुरु गर्ने तयारीका साथ सीईओ छनोट प्रक्रिया अगाडि बढाएको हो । कम्पनीको सीईओ बन्न इच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त दिन आह्वान गरेको छ ।

 

कम्पनीको सीईओका लागि व्यवस्थापन, अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्रमा स्नाकोत्तर तह उत्र्तिण गरेको वा स्नातक तह उर्तिणसहित चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनुपर्नेछ ।

 

साथै बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारमा सूचीकृत भएको संस्था वा उद्योग, धितोपत्र बजारको क्षेत्रमा कम्तीमा ४ वर्ष व्यवस्थापकीय वा सो सरह काम गरेको अनुभव हुनुपर्नेछ भने उम्मेदवार ३० वर्ष पूराभई ५८ वर्ष ननाघेको हुनुपर्ने छ ।

 

आवेदकले निवेदनका साथ ५ हजार शब्द नबढेनेगरी नागरिक स्टक डिलर कम्पनीको व्यवसायिक रणनीति सहितको कार्ययोजना पेस गर्न भनेको छ ।

 

कम्पनीले साउन देखि कारोबार गर्ने तयारी गरेको छ । जसका लागि यस अघि नै सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरिसकेको छ । अब कर्मचारी पदपूर्ति लगत्तै स्टक डिलरको काम सुरु गरिने कम्पनीले जनाएको छ ।

 

हिमालय एयरलाइन्सको उद्धार उडान तालीका सार्वजनिक, कुन देशमा कहिले Read Previous

हिमालय एयरलाइन्सको उद्धार उडान तालीका सार्वजनिक, कुन देशमा कहिले

नक्कली भ्याट बिल प्रयोग गर्ने ३ फार्मका सञ्चालक विरुद्ध मुद्दा, साढे ४० करोड बिगो दाबी Read Next

नक्कली भ्याट बिल प्रयोग गर्ने ३ फार्मका सञ्चालक विरुद्ध मुद्दा, साढे ४० करोड बिगो दाबी