पहिलो सर्किट लागेर बजार खुलेको ३ मिनेटमै दोस्रो सर्किट, ४० मिनेटका लागि बजार बन्द

काठमाडौं । सेयर बजारमा तीव्र उछाल आएको छ । मंगलबार तेस्रो सर्किट लागेर सवा २ घण्टामै कारोबार बन्द भएको सेयर बजार आज पनि खुलेको ३६ मिनेटमै दोस्रो सर्किट लागेको छ ।

 

हिजो करिब ७२ अकंले बढेर आधा दिनमै बन्द भएको बजार आज खुलेदेखि उकालो लागेर १३ मिनेटमै पहिलो सर्किट लागेको थियो ।

 

पहिलो सर्किट लागेर पुनः खुलेको बजार ३ मिनेट भित्रै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो । यससँगै नेप्सेले ४० मिनेटका लागि कारोबार बन्द गरेको छ ।

 

आज बजार सूचक ६३ अंकले बढेर १३२३.८१ विन्दुमा पुगेको छ । यस अवधिसम्म ११० कम्पनीको करिब साढे १८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 

नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।

 

त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

सेयर बजारमा उछाल, १३ मिनेटमै पोजेटिभ सर्किट Read Previous

सेयर बजारमा उछाल, १३ मिनेटमै पोजेटिभ सर्किट

हिमालय एयरलाइन्स र हुवावे बीच रणनीतिक सम्झौता Read Next

हिमालय एयरलाइन्स र हुवावे बीच रणनीतिक सम्झौता