देशको अर्थतन्त्रको अवस्था धेरै सकारात्मक छ, ८० प्रतिशत चलायमान भइसक्यो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको हालको अर्थतन्त्रको अवस्थामा धेरै सकरात्मक रहेको बताएका छन् ।

 

नेपाल उद्योग परिसंघको १७औं वार्षिक साधारण सभामा बोल्दै उनले लकडाउन खुकुलो भएसँगै अर्थतन्त्र ८० प्रतिशत चलायमान भएका बताएका हुन् । उनले भन्सार राजश्वमा २० प्रतिशत कमी भए पनि यो छिटै रिकभर हुने बताए ।

 

उनले बैंकहरुको ब्याजदर १ अंकसम्म पुगेकाले यो पनि सकरात्मक रहेको बताएका छन् । बैंकको निक्षेपको ब्याजदर घट्दै छ । ब्याजदर १ अंकको नजिक आउन सक्ने छ । बैंकहरुलाई निक्षेप र कर्जाको बयाजदर कम गर्दै लैजान अनुरोध गरेका छन् ।

 

श्रम बजारको खोजीमा विदेश गएका श्रमिकहरु समेत सोचे जति नआएको उनको बुझाई छ । लक डाउन र कोरोनाका कारण धेरै नेपाली श्रमीकले रोजगार गुमाएर नेपाल फर्किने अनुमान गरिएको थियो । भारतबाट धेरै आए पनि अन्य मुलुकका श्रमिकको अन्तराष्ट्रिय बजार सुचारु पछि काम सुरु भएकोले अब फर्किनेको संख्यामा कमि आएको उनले बताए ।

 

अन्तर्राष्ट्रिय श्रम बजार क्रमस आफै खुल्दै गएको भन्दै उनले वैदेशिक रोजगारीमा जान चाहानेलाई सुरक्षित पठाइने बताए ।रेमिट्यान्स समेत औसतभन्दा बढी भित्रिएको उनको भनाइ छ । जेठ महिनामा मात्र १ खर्बको हाराहारीमा रेमिट्यान्स आएको र यो औसतभन्दा बढी रहेको बताए ।

 

‘अझै तरलतामा अभाव भएको छैन, सरकारको राजश्व र खर्चमा कमी आएको हो तर, संरचना भत्केको छैन,’ अर्थमन्त्री खतिवडाले भने ।सबैभन्दा बढी बजेट श्रम सीप विकासमा विनियोजन भएको भन्दै उनले श्रमिकलाई निरन्तर ज्यालाको ५० प्रतिशत सरकारले र बाँकी निजी क्षेत्रले हाल्नुपर्ने बताए ।

 

उनले नीजी क्षेत्रलाई निर्माण विकास र औद्योगिक स्कीम बनाएर काम गर्न आग्रह गरेका छन् । नेपालमा उत्पादन हुने श्रम नेपाली श्रमिकलाई प्राथमिकताका साथ राख्न उनले जोड दिए ।

 

यस्तै उनले वैदेशिक लगानी तर्फ २ खर्ब रुपैयाँ बाराबरको स्वीकृत गरिएको बताए । कोभिडको कारणले कार्यान्वयनमा जान समस्या भए पनि आर्थिक सुधारलाई अगाडी बढाउँदै लैजाने उनले बताए । ।

६ वर्षमा पनि बनेन् चाबहिल-साँखु सडक, सर्वसाधरण हिलाम्य सकडमा यात्रा गर्न बाध्य Read Previous

६ वर्षमा पनि बनेन् चाबहिल-साँखु सडक, सर्वसाधरण हिलाम्य सकडमा यात्रा गर्न बाध्य

डेढ महिनापछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ कम्पनीको मूल्यमा सर्किट Read Next

डेढ महिनापछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ कम्पनीको मूल्यमा सर्किट