काठमाडौं। पुँजी बजारमा क्रमशः सुधार आउन थालेको छ । पुँजीगत लाभकर विवाद कायमै रहेपनि बजारले विस्तारै गति लिन थालेको छ ।
मंगलबार शेयर कारोवार मापक नेप्से परिसूचक ५.९४ अंकले बढेर १२७७.१७ अंकमा पुगेको । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ विन्दुले बढेर २७४.४१ मा पुगेको छ ।
आज १६९ कम्पनीका १४ लाख ४४ हजार कित्ता सेयर रु ३६ करोड ८९ लाख ८० हजार ८६० रुपैयाँको कारोबार भएको छ ।कारोबार रकमका आधारमा सबैभन्दा धेरै कृषि विकास बैंकको चार करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भयो।
खरिदबिक्रीकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र नेपाल लाइफ इन्सुरेन्स परेका छन् । नेपाल बैंकको तीन करोड ३६ लाख र नेपाल लाइफको १ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भयो ।
कारोवार भएका कूल ११ उपसमूह मध्ये सात समूहको उपसूचक बढेको छ भने चार समूहको उपसूचक घटेको छ। सबैभन्दा बढि निर्जीवन बीमा कम्पनी ३८.०५ अंकले बढेको छ ।
यस्तै बैंकिङ ६.९७, विकास बैंक ४.१७, वित्त ०.४३, लघुवित्त २८, जीवन बीमा ५.१९ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । होटल ३.९२, जलविद्यसत् २.८, उत्पादन ४.२२ र अन्य उपसमूह ०.६५ अंकले घटे ।
मंगलबार लघुबित्तका समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। सबैभन्दा धेरै कमाउने १० कम्पनीको सूचीमा पाँच कम्पनी लघुबित्तका परेका छन्।
महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयर ७.९०, स्वदेशी लघुवित्त वित्तीय संस्था ७.७३, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ५.७६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.५०, समता माइक्रो फाइनान्स वित्तीय संस्था ५.१२ र राधी विद्युत् कम्पनीका ४.९० प्रतिशतले बढेको छ ।
यस्तै दिव्यश्वरी हाइड्रो ७.२४, यूनियन हाइड्रोपावर ३.८८, सिर्जना फाइनान्स ३.२१, हिमालयन पावर पार्टनर २.८० र हिमालयन ऊर्जा विकास कम्पनीका शेयर २.७९ प्रतिशतले घटेको छ ।