साउन ८ गतेदेखि ‘एनआइसी ब्यालेन्स फन्ड’ को आइपीओ आउदै

काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो दोस्रो सामूहिक लगानी कोष अन्तर्गत ‘एनआइसी  ब्यालेन्स फन्ड’ को आइपीओ निष्काशन गर्ने भएको छ । क्यापिटलले साउन ८ गतेदेखि १ अर्ब २५ करोड बराबरको १२ करोड ५० लाख एकाइ निष्काशन गर्न लागेको हो ।

 

कुल १२ करोड ५० लाख इकाईमध्ये बीज पूँजी बापत १५ प्रतिशत एनआइसी एशिया बैंक र एनआईसी एशिया क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी  रहेको १० करोड ६२ लाख ५० हजार इकाईमा सर्वसाधरण लगानीकर्ताले आवेदन गर्न पाउनेछन्।

 

यसमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड ७५ लाखकित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। यस सामूहिक लगानी कोष १० वर्षमा परिपक्व हुने क्यापिटलले जनाएको छ ।

 

लगानीकर्ताले इकाइमा धितोपत्र बोर्डबाट आश्वा लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा अर्थात मेरो शेयरबाट समेत साउन १२ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै इकाई खरिदको लागि आवेदन नपरेमा लगानीकर्ताले भदौ ५ गतेसम्म आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ।

 

योजनालाई केयर रेटिङ्ग नेपालले कम जोखिम जनाउने केयर एनपि ए ग्रेडिङ्ग प्रदान गरेको छ । एनआईसी एशिया क्यापिटलको पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्ड हाल दोस्रो बजारमा सञ्चालनमा छ।

शेयर बजार उकालो यात्रामा, नेप्से ६ अंकले बढ्यो Read Previous

शेयर बजार उकालो यात्रामा, नेप्से ६ अंकले बढ्यो

पुनर्निर्माण प्राधिकरणले ५७ हजार भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटायो Read Next

पुनर्निर्माण प्राधिकरणले ५७ हजार भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटायो