सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार स्थगन

काठमाडौं । लामो समयपछि खुलेको सेयर बजारमा कारोबार खुलेको १ घण्टा नबित्दै सर्किट लागेको छ ।

 

डेढमहिनापछि खुलेको बजार १ घण्टा नबित्दै ४ प्रतिशतभन्दा बढीले घटेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगन भएको छ ।

 

कारोबार सुरु भएको ३९ मिेटमै बजार सूचक ४ प्रतिशत भन्दा बढी अर्थात् ४८ अंकले घटेपछि कारोबार २० मिनेटका लागि रोकिएको छ । यस अवधिसम्ममा ८ करोडभन्दा बढीको कारोबार भएको छ ।

 

नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।

 

त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ३० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

पुनर्बीमा कम्पनीको सेयर बेच्नेको ओइरो, किन्ने एकजना पनि छैनन् Read Previous

पुनर्बीमा कम्पनीको सेयर बेच्नेको ओइरो, किन्ने एकजना पनि छैनन्

सेयर बजारमा पहिरो, यी हुन् नेगेटिभ सर्किट लागेका १३ कम्पनी Read Next

सेयर बजारमा पहिरो, यी हुन् नेगेटिभ सर्किट लागेका १३ कम्पनी