पुनर्बीमा कम्पनीको सेयर बेच्नेको ओइरो, किन्ने एकजना पनि छैनन्

काठमाडां । नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार सुरु भएको छ ।

 

गत चैतमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको कम्पनीको कारोबार खुलेकै दिनमा लगानीकर्ता सेयर बेच्न हतारिएका छन् ।

 

कम्पनीको पहिलो कारोबार ४२४ रुपैयाँमा भएको थियो । कारोबार खुल्नसाथ ८ रुपैयाँले भाउ बढेको कम्पनीको सेयर मूल्य कारोबारको १५ मिनेटमै करिब १० प्रतशतले घटेपछि सेयर बेच्नेको ओइरो लागेको छ ।

 

सेयर कारोबार भएको पहिलो दिनमै कम्पनीको सेयर बेच्नेको ओइरो लागेको छ ।कारोबार सुरुभएको ४५ मिनेटमै कम्पनीको २१ हजारभन्दा बढी सेयर विक्रीमा हुँदा खरिदकर्ता भने एकजना पनि छैनन् ।

 

१० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको ८ करोड ४० लाख कित्ता संस्थापक र १ करोड ६० लाख कित्ता सर्वसाधरणको सेयर छ ।

दक्षिण कोरियालाई जी७ को सदस्यता दिने अमेरिकी प्रस्ताव जापानद्वारा अस्वीकार Read Previous

दक्षिण कोरियालाई जी७ को सदस्यता दिने अमेरिकी प्रस्ताव जापानद्वारा अस्वीकार

सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार स्थगन Read Next

सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार स्थगन