काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलपे इ–कमर्स प्लेट्फर्म खेती फुडसँग मिलेर सेलपे खेती अफर सुरु गरेको छ।
यो अफर अन्तर्गत ग्राहकले खेती एप वा वेब एप्लिकेसनबाट कुनै पनि सामान खरिद गरी सेलपेबाट भुक्तानी गरे ५० प्रतिशतसम्मको डिस्काउन्ट कुपनका साथै १ हजारमाथि रकमको सामानको खरिदमा १ किलो गोलभेँडा सित्तैमा पाउनेछन्।
अफर असार ११ गतेदेखि नै सुरु भएको कम्पनीले जनाएको छ। सेलपे खेती अफरमा सहभागी भई ग्राहकले डिस्काउन्ट कुपन पाउनको लागि खेती एप वा वेब एप्लिकेसनबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्नेछ।