काठमाडौं । शनिबार तराई क्षेत्र हुँदै प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यकामा पनि देखा परेको छ । मकवानपुरबाट प्रवेश गरेको सलह किरा ललितपुरको भ्युटारलगायत स्थानमा देखिएको हो ।
आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् । मनसुनको समय भएकाले पानी परिरहेको र सलह किराको हुल समेत सानो भएकाले विज्ञहरूले नआत्तिन किसानहरूलाई अनुरोध गरेका छन् ।
नेपालमा सलहले पार्न सक्ने प्रभाव र रोकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपन्छी विज्ञहरुको बैठक जारी छ । बैठकपछि थप विवरण सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।