सेयर बजार सोमबारदेखि खुल्ने

काठमाडौं । लकडाउन यता बन्द रहेको सेयर बजार भोली (सोमबार)देखि खुल्ने भएको छ ।

 

आइतबार बसेको नेपाल धितोपत्र बोर्ड  संचालक समितिको बैठकले सोमबारदेखि सेयर कारोबार गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ ।यससँगै भोलिदेखि बजार खुल्ने निश्चित भएको हो ।

 

लामो समयदेखि बन्द रहेको बजार खोल्न नेप्सेलाई निर्देशन दिइएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार अब कुन मोडलमा कसरी बजार खोल्ने भन्ने निर्णय चाहिँ नेप्सेले गर्ने छ ।

 

आजै बस्ने नेप्से सञ्चालक समितिको बैठकले सेयर कारोबारको मोडालिटी तयार गर्ने बताइएको छ ।

 

चैत १० गतेदेखि बन्द रहेको बजार बीचमा बैशाख ३० र ३१ गते २ दिन खुलेको थियो । दुवै दिन नेप्से सूचक नेगेटिभ सर्किट लागेपछि बजार पुनः बन्द गरिएको थियो ।

 

त्यसबेला नेप्सेले कारोबार अवधि घटाएर २ घण्टामा झारेको थियो भने कारोबार अवधिभर २ प्रतिशतले घटबढ भएमा बजार बन्द हुने व्यवस्था गरेको थियो ।

 

धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज यसअघि नै बजार खोल्नुपर्ने पक्ष रहे पनि नियामक निकाय बोर्डले निर्देशन नदिँदा सेयर कारोबार हुन् सकेको थिएन ।

 

यस्तै, शुक्रबार सेयर लगानीकर्ताका ६ वटा संगठनले सेयर बजार यथाशीघ्र खोल्न बोर्डलाई अनुरोध गरेका थिए । यसअघि बजार सुधारका आवश्यक काम नगरी तत्कालै बजार खोल्न नहुने भन्ने माग राख्दै आएका लगानीकर्ता शुक्रबार आफैं बजार खोल्न माग गर्दै बोर्डमा पुगेका थिए ।

 

साथै लगानीकर्ताहरुले अब उप्रान्त कुनै पनि वहानामा सेयर बजार बन्द गर्न नहुने भन्दै कहिल्यै आन्दोलन नगर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

‘राम्रो काम नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइन्छ, मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला’ Read Previous

‘राम्रो काम नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइन्छ, मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला’

उपत्यकामा पनि आइपुग्यो सलह किरा Read Next

उपत्यकामा पनि आइपुग्यो सलह किरा