काठमाडौं । साना सिँचाइ कार्यक्रमको लागि स्वीजरल्याण्ड सरकारले २ अर्ब बढी सहयोग गर्ने भएको छ ।
यव विषयमा नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।सम्झौतामा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौता अनुसार स्वीजरल्याण्ड सरकारले १७ करोड ६० लाख डलर स्वीस फ्र्याङ्क ( करिब २ अर्ब २ करोड रुपैयाँ) बराबरको रकम सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम सानो सिँचाइ कार्यक्रमको दोस्रो चरणको कार्यक्रमका लागि खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।
स्थानीय तह प्रदेश नं १ सरकारको सहकार्यमा कार्यान्वयन हुने उक्त कार्यक्रमको कुल बजेट ५ अर्ब ७० करोड अर्थात ४९ करोड ४६ लाख बराबर स्वीस फ्र्याङ्क मध्ये नेपाल सरकारले ८ करोड ८६ लाख स्वीस फ्र्याङ्क अर्थात १ अर्ब २ करोड रुपैयाँ खर्च गर्नेछ ।
त्यस्तै सहभागी स्थानीय तह र प्रदेश नं १ सरकारले उक्त योजनाको कुल बजेटको २० प्रतिशत योगदान गर्ने सम्झौतामा उल्लेख छ। यस्तै सिभिल कार्यहरूको लागि उपभोक्ता समितिहरुको कूल लागतको १०÷१०प्रतिशत खर्च हुने बताइएको छ।
यो परियोजना यहि जुलाई १ देखि शुरू हुने गरेर २०२४ को डिसेम्बरमा पूरा गर्ने लक्ष्य राखिएको छ ।यो कार्यक्रम आगामी साढे चार वर्षमा प्रदेश १ का मध्यपहाडी क्षेत्रका स्थानीय तहहरुमा कार्यान्वयन गरिने लक्ष्य रहेको छ । यो कार्यक्रमले १३ सय भन्दा बढी साना सिँचाइ योजनाहरु विकास गर्ने र जसबाट २० हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।