सुनको मूल्यले राख्यो हालसम्मकै महँगोको रेकर्ड, कति पुग्यो तोलाको

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ ।

 

लकडाउनको बेला करिब साढे २ महिना कारोबार बन्द भएर गत हप्तादेखि कारोबारमा आएको थियो । कारोबार बन्द भएको बेला पनि तोलामा करिब १० हजारले बढेको सुनको भाउ पछिल्लो समय कारोबार हुन थालेपछि यसको भाउने दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ ।

 

सुनको भाउ आइतबार प्रतितोला ७०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।

 

शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन प्रतितोला ९० हजार ८६० रुपैयाँ पुगेको छ।

 

त्यस्तै, आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ९४५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ९४० रूपैयाँमा कारोबार भएको थियो।

 

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ताको आकर्षण सुनमा बढ्दा यस धातु सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको छ। सरकारले बजेट मार्फत थप भन्सार बढाउँदा समेत सुनको मूल्य वृद्धिमा सहयोग पुगेको हो।

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन Read Previous

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन

‘राम्रो काम नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइन्छ, मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला’ Read Next

‘राम्रो काम नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइन्छ, मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला’