काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला भएको छ ।
कम्पनीले आज (असार १४) देखिचुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता अनुपातमा हकप्रद निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता निष्काशन गरेको छ ।
इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ। हकप्रदमा एनआइबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत साउन ४ गतेसम्म आवेदन दिन पाउनेछन्।
हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १३ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन १२ गते सोमबारसम्म कायम यस इस्योरेन्सका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
क्रेडिट रेटिङ एजेन्सी इक्राले इन्स्योरेन्सको हकप्रद निष्काशनलाई इक्रा एनपी आइपीओ ग्रेड ३ प्लस रेटिङ प्रदान गरेको छ। ग्रेड ३ रेटिङ्गले इन्स्योरेन्सको वित्तीय आधारभूत अवस्था औसत छ भन्ने बुझाउँछ।
हाल १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ।