काठमाडौं । नागरिक लगानीकोषले कोषले ऋणीलाई ४ महिनाको ब्याजमा १० प्रतिशत छुट दिने भएको छ ।
कोषले २०७६ चैत्रदेखि ०७७ असार मसान्तसम्मको ब्याज यही असार मसान्तभित्रमा तिरेमा उक्त ४ महिनाको ब्याजमा १० प्रतिशत छुट दिने भएको हो ।
यस अफरले कोरोनाबाट सृजित विषम परिस्थितिमा ऋणीहरुलाई राहत पुग्ने कोषले विश्वास लिएको छ ।
कोषले नियमित साँवा र ब्याजको रकम इन्भेष्टमेन्ट बैंक तथा कृषि विकास बैंकमा जम्मा गरेर कोषको आवास कर्जा र सरल कर्जा शाखामा भौचर पेश गर्न आग्रह गरेको छ ।
