गतवर्षको तुलनामा ८ प्रतिशतले बढ्यो धान रोपाई, कुन प्रदेशमा कति रोपे धान

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष धान रोपाई बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएका जानकारी अनुसार यस वर्ष धान रोपाई ८.४१ प्रतिशतले वृद्धि भएको छ ।

 

मन्त्रालयका अनुसार यो वर्ष असार १० गतेसम्ममा देशभरमा २०.०५ प्रतिशत धान रोपाई भएको मन्त्रालयको दाबी छ । गत वर्ष सोही समयमा ११.६४ प्रतिशत धान रोपाई भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

 

यस अवधिसम्ममा सबैभन्दा बढी प्रदेश ५ मा धान रोपाई भएको तथ्यांकले देखाएको छ । प्रदेश ५ मा ३६.२६ प्रतिशत धान रोपाई भएको हो । गतवर्ष यो अवधिमा सो प्रदेशमा १३ प्रतिशत धान रोपाई भएको थियो ।

 

सबैभन्दा कम प्रदेश १ मा धान रोपाई भएको छ । प्रदेश १ मा १०.४१ प्रतिशत धान रोपाई भएको हो । गत वर्ष सोही अवधिमा प्रदेश १ मा ९.९७ प्रतिशत रोपाई भएको थियो ।

प्रदेश २ मा असार १० गतेसम्म १५.५३ प्रतिशत धान रोपाइ भएको छ । बागमती प्रदेशमा १८.६८ प्रतिशत धान रोपाई भएको छ । गण्डकी प्रदेशमा १३.७२ प्रतिशत, कर्णाली प्रदेशमा २०.११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २१.४६ प्रतिशत धान रोपाई भएको कृषि मन्त्रालयको तथ्यांकले देखाएको हो ।

 

गत वर्ष असार १० गतेसम्म प्रदेश १ मा ९.९७, प्रदेश २ मा ५.२०, बागमती प्रदेशमा ६.७१, गण्डकी प्रदेशमा १७.९९, प्रदेश ५ मा १३.९६, कर्णाली प्रदेशमा २६.१३ र सुदूरपश्चिम प्रदेशमा २० प्रतिशत धान रोपाई भएको तथ्यांकमा उल्लेख छ ।

 

भौगोलिक आधारमा सबैभन्दा बढी उच्च पहाडी भेगमा २६.०७ प्रतिशत धान रोपाई भएको छ । गत वर्ष सोही अवधिमा त्यहाँ २४.९४ प्रतिशत धान रोपाई भएको थियो ।

 

मध्य पहाडी भेगमा २०.०७ प्रतिशत धान रोपाई भएको छ । गत वर्ष मध्य पहाडमा १६.९१ प्रतिशत धान रोपाई भएको थियो । तराईमा १९.७५ प्रतिशत धान रोपाई भएको छ । गत वर्ष तराईमा ९.११ प्रतिशत धान रोपाई भएको थियो ।

 

यस वर्ष असार १० गतेसम्ममा २ लाख ७५ हजार २९ हेक्स क्षेत्रफलमा धान रोपाई भइसकेको मन्त्रालयको दाबी छ ।

साइकल चढ्न प्रोत्साहन गर्दै काठमाडौं महानगर, साउनदेखि साइकल किन्नलाई अनुदान दिने Read Previous

साइकल चढ्न प्रोत्साहन गर्दै काठमाडौं महानगर, साउनदेखि साइकल किन्नलाई अनुदान दिने

अब उप्रान्त सेयर बजार बन्द गर्न आन्दोलन नगर्ने लगानीकर्ता संघको प्रतिबद्धता, बजार खोल्न आग्रह Read Next

अब उप्रान्त सेयर बजार बन्द गर्न आन्दोलन नगर्ने लगानीकर्ता संघको प्रतिबद्धता, बजार खोल्न आग्रह