अब उप्रान्त सेयर बजार बन्द गर्न आन्दोलन नगर्ने लगानीकर्ता संघको प्रतिबद्धता, बजार खोल्न आग्रह

काठमाडौं । लकडाउन यता बन्दा रहेको सेयर बजार खुलाउन लगानीकर्ता संघहरुले नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेका छन् ।

 

शुक्रबार ६ वटा लगानीकर्ता संघहरुले संयुक्त रुपमा पत्र लेख्दै करिब ३ महिनादेखि बन्द रहेको बजार खुलाउन बोर्डलाई अनुरोध गरेका हुन् ।

 

अनलाइन कारोबारका लागि विद्युतीय माध्यमबाट भुक्तानी गर्न आवश्यक प्रक्रिया सहज भइसकेकाले यथाशिघ्र बजार खोल्न लगानीकर्ता संघहरुले पत्र लेख्दै बोर्डलाई अनुरोध गरेका हुन् ।

 

यस्तै, लगानीकर्ता संघहरुले अब उप्रान्त कुनै पनि वाहानामा सेयर बजार बन्द गर्न आन्दोलन नगर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

 

नेप्सेको अनलाइन कारोबार प्रणालीमा केही सुधार भएको र विद्यमान अवस्थामा युजरनेम र पासवर्ड प्राप्त गर्ने, तत्कालको लागि नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस सेवा या उपयुक्त विद्युतीय माध्यम प्रयोग गर्ने व्यवस्था भएपछि बजार पूर्णरुपमा सूचारु हुने सहमती पत्रमा उल्लेख छ ।

 

सरकारले लकडाउन खुकुलो गरेसँगै असार १ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरु खुले पनि सेयर बजार भने खुल्न सकेको छैन ।  बजार खुलाउने बारे बोर्ड र नेप्सेले तयारी गरिरहेको बताए पनि अहिलेसम्म कहिलेबाट खोल्ने भन्ने निर्णय भएको छैन ।

 

बिनाकारण लामो समय सेयर बजार बन्द गर्दा लगानीकर्ताको खर्बौको सम्पत्ति बन्धकी भएको छ भने सरकारले पाउने राजश्व समेत गुमेको छ ।

 

यसैबीच बोर्डले पनि सेयर बजार खुलाउने विषयमा अध्ययन गर्न गठित समितिले आज सरोकारवालसँग छलफल जारी राखेको छ ।

 

सरोकारवाला सँगको छलफल पश्चात अध्ययन समितिले बजार के कसरी र कहिलेबाट खुलाउने भन्ने बारेमा अध्ययन प्रतिवेदन दिनेछ । उक्त अध्ययन समितिको प्रतिवेदनका आधारमा बोर्डले बजार संचालन गराउन नेप्सेलाई निर्देशन दिने बताइएको छ ।

 

गतवर्षको तुलनामा ८ प्रतिशतले बढ्यो धान रोपाई, कुन प्रदेशमा कति रोपे धान Read Previous

गतवर्षको तुलनामा ८ प्रतिशतले बढ्यो धान रोपाई, कुन प्रदेशमा कति रोपे धान

थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो Read Next

थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो