पहिलो दिनमै बिक्यो एनआइसी एशिया लघुवित्तको सबै आइपीओ, कति जनाले भरे

काठमाडौं । लघुवित्त क्षेत्रमा हालसम्मकै ठूलो आइपीओ निष्काशन गरेको एनआइसी एशिया लघुवित्तको आइपीओ पहिलो दिनमै बिकेको छ ।

 

लघुवित्तले बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिन असार १० गते बेलुका ५ बजेसम्ममा ७५ हजार आवेदकबाट ४४ करोड ५० लाख रुपैयाँ बराबरको ४४ लाख ५० हजार कित्ता सेयर खरिदको लागि आवेदन दिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

 

लघुवित्तले सर्वसाधारका लागि ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री खुल्ला गरेको थियो। लघुवित्तले बुधबारदेखि १०० रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियो ।

 

लघुवित्तको आइपीओमा आवेदन दिन चाहानेहरुले असार १४ गतेसम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।

अनलाइन खाद्यान्न व्यापार : सरकारी कम्पनीले बेच्ने अधिकांश खाद्यन्न भाटभटेनी र दराजकोभन्दा सस्तो Read Previous

अनलाइन खाद्यान्न व्यापार : सरकारी कम्पनीले बेच्ने अधिकांश खाद्यन्न भाटभटेनी र दराजकोभन्दा सस्तो

भारतमा भयावह बन्दै कोरोना, एकैदिन हालसम्मकै धेरै संक्रमित Read Next

भारतमा भयावह बन्दै कोरोना, एकैदिन हालसम्मकै धेरै संक्रमित