भारतमा भयावह बन्दै कोरोना, एकैदिन हालसम्मकै धेरै संक्रमित

भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । पछिल्ला दिनहरुमा दैनिक नयाँ संक्रमितको संख्याले रेकर्ड बनाउँदै गएको छ ।

 

पछिल्लो २४ घण्टामा मात्र भारतमा करिब १७ हजार नयाँ संक्रमित थपिएका छन् । वर्ल्डोमिटरका अनुसार पछिल्ले २४ घण्टामा भारतमा १६ हजार ८७० जना संक्रमित थपिएका छन् । एकैदिन नयाँ थपिएको यो हालसम्मकै धेरै हो ।

 

भारतमा हालसम्म ४ लाख ७३ हजार संक्रमित भएका छन् । जसमा १४ हजार ९०७ जनाले ज्यान गुमाइसकेका छन् ।

 

उपचारपछि २ लाख ७१ हजारभन्दा बढी निको भएका छन् भने १ लाख ८६ हजारभन्दा बढी अस्पतालमा उपचाररत छन् । करिब ९ हजारको अवस्था गम्भीर रहेको छ ।

 

पछिल्लो समय भारत सरकारले अर्थतन्त्र शिथिल भएको भन्दै त्यसलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमण डढेलोसरी फैलिरहेको छ ।

पहिलो दिनमै बिक्यो एनआइसी एशिया लघुवित्तको सबै आइपीओ, कति जनाले भरे Read Previous

पहिलो दिनमै बिक्यो एनआइसी एशिया लघुवित्तको सबै आइपीओ, कति जनाले भरे

अब जग्गा बाँझो राखे प्रतिआना १०० जरिवाना, सूचना दिनेलाई २५ प्रतिशत पुरस्कार Read Next

अब जग्गा बाँझो राखे प्रतिआना १०० जरिवाना, सूचना दिनेलाई २५ प्रतिशत पुरस्कार