कोरोना भाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ ।
संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ ।
संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोनाभाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउन समेतका प्रतिबन्धहरुले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ ।
लकडाउनले विश्वका अधिकांश देशहरुले अन्तराष्ट्रिय सीमासमेत बन्द गर्दा अत्यावश्यक बाहेकका वस्तु आयात निर्यात नभएको, पर्यटन क्षेत्रका हवाई, होटल, रेष्टुरेन्ट, शैक्षिक क्षेत्र, सार्वजनिक यातायात लगायतका क्षेत्र ठप्प हुँदा व्यापार ह्वात्तै घटेको संगठनको भनाइ छ ।एजेन्सी