थप ५३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ५३८ जनामा कोरोना पुष्टि भएको हो ।

 

अहिलेसम्म देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

 

पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म २ हजार २२४ जना कोरोना संक्रमित निको भइसकेका छन् भने २४ जनाको मृत्यु भएको छ ।

कोरोना असर : विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट Read Previous

कोरोना असर : विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

नागढुंगा-नौबिसे सुरुङमार्गमा पर्ने गुठीका मोहीले ५० प्रतिशत मुआब्जा पाउने Read Next

नागढुंगा-नौबिसे सुरुङमार्गमा पर्ने गुठीका मोहीले ५० प्रतिशत मुआब्जा पाउने