१२ वर्ष पछि नोकियाको एक्सप्रेस म्यूजिक फोन ‘नोकिया ५३१०’ बजारमा, मूल्य कति

काठमाडौं । नेपाली बजारमा लोकप्रिय नोकियाको एक्सप्रेस म्यूजिक मोबाइल १२ वर्ष पछि नयाँ नोकिया ५३१० को रुपमा आएको छ।

 

नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले यो मोबाइल नेपाली बजारमा ल्याएको छ। म्यूजिकको लागि अलग पहिचान बनाएको एक्सप्रेस म्यूजीक मोबाइल एक दशक अगाडि ग्राहकद्धारा अधिक रुचाइएको थियो।

 

नोकिया ५३१० फिचर फोन अहिले पनि उच्चस्तरीय म्यूजीक क्वालिटीलाई ध्यानमा राख्दै डुअल स्पिकर जडान गरिएको हुनाले संगीतका पारखीहरुका लागी एकदम उपयुक्त हने कम्पनीको दावी छ।

 

नोकिया ५३१० फोनमा वायरलेस एफएम रेडियो छ जुन एयरफोन लगाएर पनि सुन्न सकिन्छ। यसको बक्समा एयरफोन पनि राखिएको छ। यसमा २.४ इन्चको क्यूभीजीए डिस्प्ले र पछाडि भीजीए क्यामरा, नोकिया सिरिज ३०ं अपरेटिगं सिस्टम, डुअल मिनि सिमकार्ड, माइक्रो १.१ पोर्ट, ३.५ एमएम अडियो ज्याक, ३.० ब्लूटूथ र १२०० एमएएच को बदल्न मिल्ने ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ।

 

नोकिया ५३१० को बजार मूल्य ५ हजार ४४९ रुपैयाँ छ भने विभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ। साथै नोकियाका अन्य फिचर फोनहरु र नोकिया ५३१० फोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन्।

कोरियाको जिन एयर पहिलोपटक नेपाल आउँदै, भाडा झन्डै ६० हजार सस्तो पर्ने Read Previous

कोरियाको जिन एयर पहिलोपटक नेपाल आउँदै, भाडा झन्डै ६० हजार सस्तो पर्ने

लकडाउन यता तेस्रो पटक बढ्योे अण्डाको मूल्य, प्रतिक्यारेट कति पुग्यो Read Next

लकडाउन यता तेस्रो पटक बढ्योे अण्डाको मूल्य, प्रतिक्यारेट कति पुग्यो