२४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । खर्च व्यवस्थापनका लागि सरकारले थप २४ अर्ब ऋण उठाउने भएकोे छ । यसका लागि नेपाल राष्ट्र बैंकले मंगलबार २४ अर्ब ३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ।

 

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो । केन्द्रीय बैंकले फरक फरक ३ अवधिको उक्त रकम बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

 

बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको १४ अर्ब ३ करोड रुपैयाँ र १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २४ अर्ब ३ करोडको सरकारी ऋणपत्र जारी गर्ने भएको हो।

 

लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्। उक्त सरकारी ऋणपत्रको बोलकबोल मंगलबार ३ बजे खुला गरिनेछ।

 

२८ दिन अवधिको सरकारी ऋणपत्र साउन ६ गते परिपक्व हुनेछ। त्यस्तै, ९१ दिन अवधिको ऋणपत्र असोज ६ गते र १८२ दिन अवधिको ऋणपत्र पुस गते परिपक्व हुनेछ।

 

सरकारले चालू आवमा अहिलेसम्म करिब पौने २ खर्ब आन्तरिक ऋण उठाइसकेको छ ।

कोरोनाले थला पारेको रेष्टुरेन्ट व्यवसाय, एउटै आउटलेटको घाटा मासिक ७ लाख Read Previous

कोरोनाले थला पारेको रेष्टुरेन्ट व्यवसाय, एउटै आउटलेटको घाटा मासिक ७ लाख

उपत्यकाका सबै ट्राफिक लाइट सञ्चालनमा आए Read Next

उपत्यकाका सबै ट्राफिक लाइट सञ्चालनमा आए