उपत्यकाका सबै ट्राफिक लाइट सञ्चालनमा आए

काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको लकडाउनमा बन्द रहेको काठमाडौंको ट्राफिक लाइट संचालनमा आएका छन् ।

 

सरकारले गरेको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणाली अनुसार सवारी साधनको वृद्धि भएसँगै उपत्यकाका ट्राफिक लाइटहरूलाई सञ्चालनमा ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा जनाएको छ ।

 

पद्मोदय -१, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँठिमी चोक, सिंहदरबार, गौशालाका स्थानका ट्राफिक लाइट सञ्चालनमा आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले जानकारी दिए ।

 

पुतलीसडक, पद्मोदय-२, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर) का ट्राफिक लाइट अब सञ्चालनमा आउनेछन् । महाशाखाका अनुसार अन्य स्थानहरूमा पनि ट्राफिक लाईट शुरू गर्न पहल भइरहेको छ ।

 

ट्राफिक लाइट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाइटको पूर्ण पालाना गरिदिनु सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ ।

 

साथै सवारी चालक तथा सडक प्रयोगकर्ताहरूले ट्राफिक नियम पालना नगरेमा दुर्घटना बढ्न जाने हुँदा सम्बन्धित सम्पूर्ण चालक तथा पैदलयात्रीहरूले सबै किसिमका ट्राफिक नियमहरूलाई पूर्ण रूपमा पालना गर्न सबैलाई आग्रह गरेको छ ।

 

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक लाइट महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा सञ्चालनमा ल्याइएको थियो ।

२४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार Read Previous

२४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

पहिरोले चीनबाट स्वास्थ्य सामग्री लिएर आएका गाडी तातोपानी नाकामै रोकिए, ५० बढी कन्टेनर अलपत्र Read Next

पहिरोले चीनबाट स्वास्थ्य सामग्री लिएर आएका गाडी तातोपानी नाकामै रोकिए, ५० बढी कन्टेनर अलपत्र