जलविद्युत लगानी तथा विकास कम्पनीद्धारा हकप्रद निष्काशनको लागि निवेदन पेश

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले शत प्रतिशत हकप्रद बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

 

कम्पनीले चुक्ता पुँजी  ११ अर्बको १ः१ अनुपातमा  ११ करोड कित्ता हकप्रद शेयर बिक्रीको अनुमति मागेको हो । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

 

कम्पनीको मंसिर ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।कम्पनीको हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी २२ अर्ब रूपैयाँ पुग्नेछ ।  कम्पनीले जलविद्युत सम्बन्धित विभिन्न आयोजनामा लगानी गर्दै आएको छ ।

माग सम्बोधन पछि ढुवानी व्यवसायीको हड्ताल फिर्ता Read Previous

माग सम्बोधन पछि ढुवानी व्यवसायीको हड्ताल फिर्ता

शिवजी र नन्दीबीच कहीँ वार्ता हुन्छ, हो यही बाटोमा छ सरकार र निजी क्षेत्र Read Next

शिवजी र नन्दीबीच कहीँ वार्ता हुन्छ, हो यही बाटोमा छ सरकार र निजी क्षेत्र