माग सम्बोधन पछि ढुवानी व्यवसायीको हड्ताल फिर्ता

काठमाडौं। सरकारले साउन १ गते देखि कार्यान्वयनमा ल्याएको ढुवानी साधनको अनुगमन प्रणाली भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली (भिसिटीएस) र ढुवानीमा भ्याट विरुद्ध आन्दोलनमा उत्रिएका ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।

 

सरकारले व्यवसायीका माग सम्बोधन गर्ने आश्वासन दिएपछि ढुवानी व्यवसायीले हड्तालका कार्यक्रम फिर्ता लिँदै आज (मंगलबार) देखि नियमित रुपमा सवारी साधन सञ्चालन गरेका छन् ।

 

 

सोमबार साँझ भौतिक,पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबको संयोजकत्वमा व्यवसायीसहितको बैठक बसेको थियो । सो बैठकमा सरकारी पक्ष र व्यवसायीका बीचमा सहमति जुटेपछि हड्ताल फिर्ता लिएका हुन् ।

 

छलफलमा ढुवानीका साधनलाई पूर्ववतरुपमै रुट परमिट दिन केन्द्र सरकारले सहजीकरण गर्ने, भीसीटिएस (भेहिकल ट्रयाकिङ सिष्टम) पालना नगर्ने ट्रक तथा चालकमाथि तत्काल जरिवाना नलाग्ने र ढुवानी तथा यातायातका क्षेत्रका देखिएको समस्या समाधानको सुझाव दिन कार्यदल बनाउने सहमति भएको छ ।

 

भौतिक मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा अर्थ,गृह,उद्योग,कानुन मन्त्रालयका प्रतिनिधीसहित कार्यदल बनाउने निर्णय भएको छ । यो कार्यदलले अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।

विजुली बसः साझाको रहर पुरागर्न ३ अर्व नडुबोस् Read Previous

विजुली बसः साझाको रहर पुरागर्न ३ अर्व नडुबोस्

जलविद्युत लगानी तथा विकास कम्पनीद्धारा हकप्रद निष्काशनको लागि निवेदन पेश Read Next

जलविद्युत लगानी तथा विकास कम्पनीद्धारा हकप्रद निष्काशनको लागि निवेदन पेश