पञ्चकन्या स्टिलले ल्यायो नयाँ फलामे छड

काठमाडौं । पञ्चकन्या स्टिलले नयाँ फलामे छड सार्वजनिक गरेको छ। पञ्चकन्याले उत्कृष्ट लचकता भएको अर्को उत्पादन ५५०एक्स्. डी. र ५०० एक्स्.डी. सार्वजनिक गरेको हो ।

 

पञ्चकन्या प्राईम स्टिलमा शुद्ध रासायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्रयोग भएको छ। जसले गर्दा यसमा उच्च लचकता, लम्बाईको आकारमा पनि एकरुपता र आकर्षक रिवारले रहेको कम्पनीले बताएको छ।

 

नयाँ रिब्ड डिजाइन भएको ५०० एक्स्.डी. र ५५० एक्स्.डी. प्रति युनिटको लम्बाईमा त्यसको पारदर्शीता स्पष्ट देखिने भएकाले यो अझ बढी बनाएको कम्पनीको दाबी छ।

 

यसले कन्क्रिटमा पनि सजिलै पकड गर्ने क्षमता राख्दछ। पञ्चकन्या ५०० एक्स्.डी. जुनसुकै विकासका पूर्वाधारका कामहरु र ५५० एक्स्.डी.का छडहरु ठूलाठूला आयोजना हुने बताइएको छ।

 

उच्च लचकता भएका रिबारहरु ८ मीमी र ४० मीमी साईजमा उपलब्ध गराउन सकिनेछ।एक्स्.डी. ग्रेडका उच्च गुणस्तर भएका बारहरुमा कुनै पनि मूल्य वृद्धि नगरेको कम्पनीको भनाइ छ। ५०० डी ग्रेड पुरानै मूल्यअनुसार नै उपलब्ध गराइने जानकारी गराइएको छ।

दुबइमा जुलाई ७ देखि विदेशी पर्यटकलाई आगमन खुला हुने Read Previous

दुबइमा जुलाई ७ देखि विदेशी पर्यटकलाई आगमन खुला हुने

बुक बिल्डिङ प्रणाली लागू गर्ने बोर्डको तयारी, अब आइपीओ १०० रुपैयाँमा नपाइने (मस्यौदा सहित) Read Next

बुक बिल्डिङ प्रणाली लागू गर्ने बोर्डको तयारी, अब आइपीओ १०० रुपैयाँमा नपाइने (मस्यौदा सहित)