चितवनमा डिप बोरिङ खन्दा बालुवामा सुन जस्तो पहेँलो वस्तु भेटियो

चितवनको कालिका नगरपालिका–१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ ।

 

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोलीले सो ठाउँको स्थलगत निरीक्षण गरेको छ ।

 

प्रजिअ भट्टराईका अनुसार बोरिङ खन्दा आएको बालुवामा सिसा बनाउन प्रयोग हुने धातु सिलिका जस्तो पहेँला कणहरु देखिएका छन् । हाल १६० फिट तल बोरिङ खन्दै गर्दा बालुवामा पहेँला कणहरु देखिएका हुन् ।

 

उनले काम रोकेर ठाउँ सुरक्षित गर्न भनिएको जानकारी दिने । प्रशासनले यस विषयमा गृहमन्त्रालयमा पत्राचार गरेको छ । थप अध्ययनपछि के हो भन्न सकिने प्रजिअ भट्टराईको भनाइ छ ।

 

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार नगरपालिकाको अनुदानमा स्थानीय टोलले बोरिङ खन्दै गर्दा सुन जस्ता पहेँला वस्तु देखिएपछि स्थानीयवासीले आफूलाई खबर गरेको बताए। आफूले जिल्ला समन्वय प्रमुख र प्रजिअलाई खबर गरेको श्रेष्ठले जानकारी दिए ।

 

कालिका नगरपालिका–१ मा स्थानीयवासी सन्तवीर स्याङताङको जग्गामा डिप बोरिङ खन्ने क्रममा निस्किएको बालुवामा सुन जस्तै देखिने कण निस्किएको हो । रासस

सेयर बजार अनिश्चितकालका लागि बन्द, लगानीकर्ताको सम्पत्ति ३ महिनादेखि बन्धक Read Previous

सेयर बजार अनिश्चितकालका लागि बन्द, लगानीकर्ताको सम्पत्ति ३ महिनादेखि बन्धक

जापानमा आर्थिक गतिविधि पुनः सुचारु, खुल्न थाले होटल, रेष्टुरेन्ट Read Next

जापानमा आर्थिक गतिविधि पुनः सुचारु, खुल्न थाले होटल, रेष्टुरेन्ट