लगानी बोर्डको सीईओको लागि दरखास्त आह्वान, यस्ता व्यक्तिले दिन सक्छन् आवेदन

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तीका लागि छनोट प्रक्रिया अगाडि बढाएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लगानी बोर्डको सीईओ नियुक्तीका लागि गठित समितिको सचिवालयले उक्त पदका लागि दरखास्त आह्वान गरेको छ ।

 

सरकारले बोर्डको सीईओ नियुक्तिको सिफारिस गर्न अर्थमन्त्रीको संयोजकत्वमा योजना आयोगका उपाध्यक्ष र सरकारले पठाउने एक विज्ञ सदस्यसहितको सिफारिस समिति गठन गरेको छ।

 

सिफारिस समितिले आजको मितिबाट १५ दिनभित्र प्राप्त हुनेगरी सिलबन्दी निवदेन पेस गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

 

बोर्डको सीईओ हुनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनीयरिङ वा परियोजना विश्लेषण, वाणिज्य कानून विषयमा कम्तीमा स्नातकोत्तर तह उर्तिण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भई ३५ वर्ष पूरा भएको हुनुपर्ने छ।

 

सिफारिस समितिले सीईओ नियुक्तिका लागि व्यवस्था गरिएको मापदण्डका आधारमा योग्य उम्मेदवारमध्ये ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

 

समितिले सिफारिस गरेका उम्मेदवारमध्ये सबैभन्दा योग्य एकजनालाई मन्त्रिपरिषद् बैठकले निर्णय गरेर बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

 

यसअघिका बोर्डका सीईओ महाप्रसाद अधिकारीलाई कार्यकाल पूरा हुन् २ महिना बाँकी छँदै सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेपछि उक्त पद रिक्त भएको थियो ।

सरकारले युवालाई १०० प्रकारका सीप विकास तालीम दिने, १५ अर्ब खर्च हुने Read Previous

सरकारले युवालाई १०० प्रकारका सीप विकास तालीम दिने, १५ अर्ब खर्च हुने

अत्याधुनिक 'सिमुलेटर' सञ्चालन गर्दै बुद्ध एयर Read Next

अत्याधुनिक 'सिमुलेटर' सञ्चालन गर्दै बुद्ध एयर