काठमाडौं । नागरिक लगानी कोषले १ वर्षे अवधिका १२ अर्बभन्दा बढी रकम मुद्दति निक्षेपमा राख्ने भएको छ ।
कोषले १ वर्ष अवधिका लागि वाणिज्य बैंकहरुमा १२ अर्ब २९ करोड ३८ लाख ५९ हजार रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।
कोषले एक सूचना प्रकाशितत गर्दै निक्षेप लिन चाहाने क’ वर्गका वाणिज्य बैंकहरुलाई आफूले लिन चाहेको रकम, निक्षेपमा प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तान गर्ने अवधि समेत उल्लेख गरी आवेदन पेश गर्न आह्वान गरेको छ ।
मुद्दति निक्षेप लिन चाहाने वाणिज्य बैंकहरुले असार ९ गते दिउँसो १२ बजेभित्र सिलबन्दी आवेदन गर्न सक्ने कोषले जनाएको छ ।
कोषले २०७७ असार ३१ गतेसम्म भुक्तानी म्याद सकिने मुद्दति निक्षेप समावेश गरिएको समेत जनाएको छ।