अब सरकारी कम्पनीको खाद्यान्न सस्तोडिलले होम डेलिभरी गर्ने

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी र सस्तोडिल डटकम बीच व्यापार साझेदारी भएको छ।

 

यस साझेदारीसँगै अब खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुपथ मूल्यका सामग्री होम डेलिभरीको काम सस्तोडिलले गर्ने भएको छ । निजी इकमर्स कम्पनीसँग नेपाल सरकारले पहिलोपटक व्यापार साझेदारी गरेको छ।

 

कोरोनाको महामारीले गर्दा लकडाउन सुरु भए सँगै इकमर्स कम्पनीको माग ह्वात्तै बढेको थियोे। यसै सन्दर्भमा सरकारले इकमर्स सेवा सुरु गरेको थियो।

 

मोडालिटी अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सस्तोडिलको वेसाइटमा भेन्डरको रुपमा समेटिएको छ। ग्राहकले सस्तोडिलको वेबसाईट वा मोबाइल एप प्रयोग गरी अर्डर गर्न सक्नेछन्। हाल दाल, चामल, नुन, डीडीसीका उत्पादन लगायतका सामग्री सूचीकृत गरिएको छ।

 

तत्काललाई काठमाडौ उपत्यकाको चक्रपथ भित्र मात्र डेलिभरी हुने बताइएको छ। अर्डर गरेको एक दिन भित्रै डेलिभरी हुने र कम्तीमा २ हजारदेखि बढीमा ५ हजारसम्मको अर्डर गर्न सकिने छ।

'३०० स्थानीय तहमा भूमि बैंक स्थापना गर्न बाँझो जग्गाको पहिचान भइरहेको छ' Read Previous

'३०० स्थानीय तहमा भूमि बैंक स्थापना गर्न बाँझो जग्गाको पहिचान भइरहेको छ'

पूर्ण अनलाइन कारोबारको व्यवस्था मिलाउन बोर्डको नेप्सेलाई निर्देशन Read Next

पूर्ण अनलाइन कारोबारको व्यवस्था मिलाउन बोर्डको नेप्सेलाई निर्देशन