अझै ७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी, कुन प्रदेशमा कति

काठमाडौं । देशभरका कुल ७५३ वटा स्थानीय तहमध्ये अझै ७ वटा स्थानीय तहमा कुनै पनि वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन ।

 

राष्ट्र बैंकको तथ्यांक अनुसार २०७७ बैशाख मसान्तसम्ममा ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

 

राष्ट्र बैंकको अनुसार बागमती र सुदूरपश्चिम प्रदेका २/२ स्थानीय तहमा वाणिज्य बैंक पुग्न सकेका छैनन् । बागमती प्रदेशमा जम्मा ११९ वटामध्ये ११७ र सुदूरपश्मिको ८८ मध्ये ८६ स्थानीय निकायमा बैंकका शाखा पुगेका छन् ।

यस्तै, प्रदेशमा नं. १, गण्डकी र कर्णाली प्रदेशका १/१ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेका छन् । प्रदेश नं १ को १३७ वटा स्थानीय तहमध्ये १३६ वटामा, गण्डकी प्रदेशको ८५ वटामध्ये ८४ स्थानीय निकायमा र कर्णाली प्रदेशको ७९ स्थानीय तहमध्ये ७८ मा वाणिज्य बैंक पुग्न सफल भएका छन् ।

 

यता, प्रदेश नं. ५ र २ मा भने सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । प्रदेश ५ मा रहेका १०९ र प्रदेश २ का १३६ स्थानीय तहमै बैंकको शाखा पुगेका छन् ।

अर्थतन्त्रलाई ठूलो धक्का, नेपाल भित्रिने रेमिट्यान्स ४४ अर्ब घट्यो Read Previous

अर्थतन्त्रलाई ठूलो धक्का, नेपाल भित्रिने रेमिट्यान्स ४४ अर्ब घट्यो

१० महीनामा साढे ८१ अर्ब बराबरको धितोपत्र सूचीकृत, बैंक र बीमाको हिस्सा ८० प्रतिशत Read Next

१० महीनामा साढे ८१ अर्ब बराबरको धितोपत्र सूचीकृत, बैंक र बीमाको हिस्सा ८० प्रतिशत