एभरेष्ट बैंकद्वारा सिरहाका बाढी पीडितलाई राहत वितरण

 

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सिरहाका बाढी प्रभावितका लागि सहयोग उपलब्ध गराएको छ । सिरहा पटेर्वाका बाढी पीडितलाई खाद्यान्न, भाँडाकुँडा, बालबालिकाका लागि स्कुल व्याग, कपडालगायतका विभिन्न राहत सामग्री वितरण गरेको हो ।

 

बैंकका तर्फबाट राहतका लागि ओमेन फ्रेण्ड्ली ग्रुपअन्तर्गत मिडिया एड्भोकेसी ग्रुपलाई शुक्रबार ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

 

चेक हस्तान्तरण कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरिक्षक सोम गुरुङलगायतको सहभागिता थियो । सो रकमबाट स्थानीय बाढी प्रभावितलाई राहत सामग्री वितरण गरिने बताइएको छ ।

 

एभरेष्ट बैंकको अहिले १० लाख भन्दा बढि ग्राहक रहेका छन् । बैंकले हाल ९४ वटा शाखाहरु, २८ राजस्व सङ्कलन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको १२० एटिएम मार्फत ग्राहकलाई सेवा/सुविधा प्रदान गर्दै आइरहेको छ ।

 

 

बैंक सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकहरुलाई लाभ हुने विभिन्न कार्यक्रमहरु आयोजन गर्दै आइरहेको छ ।

तलब लिन अफिसले प्यान नम्बर माग्यो, यसरी गर्नुस् आवेदन Read Previous

तलब लिन अफिसले प्यान नम्बर माग्यो, यसरी गर्नुस् आवेदन

इलाममा भन्दा झापामा आठ गुणा बढी चिया उत्पादन Read Next

इलाममा भन्दा झापामा आठ गुणा बढी चिया उत्पादन