प्रभु बैंकको नयाँ एप सञ्चालनमा, विदेशी मुद्रा साट्न अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौँ । प्रभु बैंक लिमिटेडले नयाँ एप्लीकेशन ‘प्रभु इजी फोरेक्स’ सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार एक समारोहका बीच उक्त एप्लीकेशन शुभारम्भ गरेको हो ।

 

बैंकले प्रयोगमा ल्याएको एप्लीकेशनको प्रयोग गरेर अब विदेशी मुद्रा साट्नको लागि मोबाइल मार्फत अनलाइन आवेदन गर्न सकिने छ । व्यस्त दैनिकीका बाबजुद पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनु पर्ने बाध्यता रहेको अवस्थामा प्रविधिमैत्री एप्लीकेशन ‘प्रभु इजी फोरेक्स’ उपयोगी हुने बैंकले विश्वास लिएको छ ।

 

‘प्रभु इजी फोरेक्स’ मोबाइल एप हाल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ भने एप स्टोरमा समेत चाँडै उपलब्ध हुने बैंकले जनाएको छ ।

 

उक्त एप उपयोग गरी अनुकुल समयमा तोकिएका शाखा र काउन्टरबाट बैदेशिक मुद्रा संकलन गर्न सकिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित बैंकको काउन्टरबाट समेत यो सुविधा उपलब्ध हुने प्रभु बैंकले जनाएको छ ।

नेप्सेमा सामान्य सुधार, साढे ३१ करोडको कारोबार Read Previous

नेप्सेमा सामान्य सुधार, साढे ३१ करोडको कारोबार

तलब लिन अफिसले प्यान नम्बर माग्यो, यसरी गर्नुस् आवेदन Read Next

तलब लिन अफिसले प्यान नम्बर माग्यो, यसरी गर्नुस् आवेदन