काठमाडौं । नेपाल बंगलादेश बैंकले कम्तीमा २ वर्षे मुद्दति खाता खोल्ने सबै ग्राहकको १ लाख रुपैयाँको कोभिड–१९ बीमा गरिदिने योजना ल्याएको छ।
हालको स्वास्थ परिस्थितीलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो।
यस योजना अन्तर्गत ग्राहकहरुले न्यूनतम १ लाख रुपैयाँ मौज्दातको २ वर्षभन्दा बढी अवधिको मुद्दति खाता खोल्नुपर्नेछ।