विश्वका राष्ट्रवादी भनिने सरकारहरुलाई नै किन गाँज्दैछ कोरोनाले ?
ब्रबिम बिक्रम थापा
प्रकाशित : 11:12 am, सोमबार, असार १, २०७७

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले हालै कोरोना भाइरसमा राजनीति मिसाइएको भनेर गुनासो गरे ।

 

कोरोनाले सारा दुनियाँलाई हायलकायल पारेर नेपालको दैलो ढकढक्याउँदा समेत पीपीई भनेको मलाई थाहा छैन भनेर स्वास्थ्य मन्त्रीले भन्दा समेत चित्त बुझउने बाटो खोज्न सकिन्थ्यो, विचरा मन्त्री प्राविधिक पृष्ठभूमिका होइनन् उनलाई यस्तो प्राविधिक वस्तुको बारेमा कसरी थाहा होस् त भनेर !

 

तर, यति लामो राजनीतिक जीवन व्यतित गरेर मन्त्री जस्तो पदमा पुगिसकेको मानिसले राजनीति के हो भन्ने पनि नबुझी कोरोनामा राजनीति पस्यो भनेर टिप्पणी गर्दा चाहिँ खिन्न लागेको अवस्था हो । यो टिप्पणीले नेपालको राजनीतिक नेतृत्वको राजनीतिक चेतना पनि एकपटक फेरि उजागर गरिदिएको छ ।

 

मानिस सामाजिक प्राणी हो, समाजमा बस्ने र रमाउने । समाज भनेको चाहिँ मानिसहरु बीचको सम्बन्धको जालो हो । यो अमूर्त अवधारणा हो, समुदाय जस्तो मूर्त अवधारणा होइन । जीवन बाँच्ने क्रममा मानिसहरुले आ–आफ्ना बीचमा विभिन्न खाले सम्बन्धहरु स्थापित गर्छन् र त्यस्ता सम्बन्धहरुको अध्ययन गर्नु, व्यवस्थापन गर्नु, सन्तुलन कायम गर्ने प्रयास गर्नु, सम्बन्धहरुलाई न्यायपूर्ण बनाउनु नै वास्तवमा राजनीति हो । राजनीतिक सिद्धान्त र दर्शनहरु पनि यीनै लक्ष्यहरु प्राप्त गर्नका लागि संश्लेषण गरिने अवधारणाहरु हुन् ।

 

नेपाल अर्को त्यस्तै ज्वलन्त उदाहरण हो । नेपालका प्रधानमन्त्रीले जनताको अधिकारको पक्षमा लडेको, जेल बसेको इत्यादि भनेर जतिनै कुरा गरे पनि उनलाई लोकतन्त्रका आधारभूत अवधारणा प्रति विश्वास छैन । लोकतन्त्रलाई सृद्धढ गर्ने संस्थाहरुसँग उनी ‘इरिटेट’ हुने गरेका छन् ।

 

सही राजनीतिले त्यस्ता सम्बन्धहरुलाई न्यायपूर्ण र सन्तुलित बनाउने प्रयास गर्छ भने गलत राजनीतिले त्यस्ता सम्बन्धहरुमा विद्यमान कमीकमजोरीहरु माथि खेलेर आफ्नो रोटी सेकाउने प्रयास गर्छ ।

 

त्यसैले मानव समाजका सबै पाटा र अवयवहरुमा राजनीति हुन्छ । मानव समाज निर्माण हुने बित्तिकै त्यहाँ राजनीति भइहाल्छ । रोगमा पनि राजनीति हुन्छ । रोग भनेको प्राकृतिक र जैविक उपज मात्र होइन ।

 

उदाहरणको लागि केही समय अघि जाजरकोटमा झाडा पखाला लागेर सय भन्दा बढि मानिसहरुको ज्यान गयो । अब के झाडा पखालालाई जैविक र प्राकृतिक उपजको रुपमा मात्र बुझेर होला त ? २१ औं शताब्दीमा समेत राज्यको उपस्थिति प्राय शून्य रहेको दूरदराजको गाउँमा सामान्य स्वास्थ्य सम्बन्धी चेतनाको समेत अभावमा झाडा फैलिन्छ र अन्तत औषधि उपचारको अभावमा सारा गाउँ नै सखाप हुन्छ भने त्यसको विश्लेषण गर्दा राजनीतिक कोणहरु खोतल्नु पर्छ कि पर्दैन ? रोग र प्रकृतिको थाप्लोमा मात्र यस्ता दुखद घटनाहरुको दोष थुपार्न मिल्छ ? आजका दिनमा पनि नेपालीहरु आन्द्रामा जुगा लिएर हिँड्नुमा जैविक कारण मात्र छ की यहाँको विकृत राजनीतिको पनि भूमिका छ ?

 

ममाहारीको यस्तो विकराल अवस्थामा स्वास्थ्य मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयका जिम्मेवार मन्त्रीले राजनीति र रोगका बीचमा विद्यमान स्वभावीक र अन्योन्याश्रित सम्बन्ध पर्गेल्ने चेतना नराख्नु निकै दुःखद अवस्था हो ।

 

कोरोना र राजनीति

 

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीमा देखिएका विभिन्न राजनीतिक रङहरुले पनि यो कुराको पुष्टि नै गर्छ ।

 

सामान्य जनतासँग संवेदनशील सूचनाहरु लुकाउने र एकल पार्टी र त्यसको प्रमुख नेताको तजबिजमा राज्य सञ्चालन गर्ने राजनीति भाइरसको यो फैलावटको लागि धेरै जिम्मेवार भएको कुरा अब पुष्टि नै भइसक्यो । चीनले लामो समयसम्म महत्वपूर्ण सूचनाहरु लुकायो । सूचना दिने चिकित्सकलाई समेत लगेर थुन्यो । जैविक वा प्राकृतिक ढंगले उत्पति भएको भाइरस (प्रयोगशालामा उत्पादन भएको पुष्टि भएको छैन) जब चीनको नियन्त्रित राजनीतिको रङमा मिसियो तब यसले संसारभरी फैलने आधार तयार पार्यो ।

 

हाम्रो छिमेकी राष्ट्र भारत अर्को ज्वलन्त उदाहरण हो । त्यहाँका प्रधानमन्त्री सामान्य जनताको गाँस र जमिन खोसेर, ठूला कर्पोरेटहरुलाई खुसी तुल्याएर, पाकिस्तान बिरोधी ढोल बजाएर, ‘विकास’को नारा दिएर र भित्री रुपमा भारतलाई हिन्दू राष्ट्र बनाउने एजेण्डा बोकेर राजनीतिमा उदाएका मानिस हुन् । सामान्य भारतीयहरु उनको राजनीतिक एजेण्डामा अटाउँदैनन्

 

अहिले कोरोनाले सबैभन्दा बढी प्रभाव पारेको संयुक्त राज्य अमेरिकामा हो । अमेरिकामा भाइरस सामान्य जैविक ढंगले नै पुगेको थियो । तर, जब त्यहाँको राजनीतिक रङमा भाइरस मिसियो, त्यसले व्यापक रुप लियो । अमेरिकामा कस्तो राजनीति विद्यमान छ सबैले जानेकै कुरा हो । गोराहरु र ठूला पूँजीपतिहरुको हितलाई नै मुख्य लक्ष्य बनाएर त्यहाँको राजनीति चलिरहेको छ । भाइरस शुरुवाति चरण हुँदा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्प जनस्वास्थ्य भन्दा सेयर बजार प्रति धेरै चिन्तित थिए । सामान्य अमेरिकी जनताको स्वास्थ्य उनको प्राथमिकतामा परेन । हातहतियार खरिदमा खर्बौं डलर वर्षेनी खर्च गर्ने अमेरिकाले भाइरस विरुद्ध लड्न चाहिने आधारभूत हतियार पिपिइको समेत जोहो गर्न नसकेको तथ्यहरु अब कसैबाट लुकेको अवस्था रहेन ।

 

भाइरसबाट शुरुवाति धक्का खाएर स्पेन, इटाली, जर्मनी र फ्रान्स जस्ता मुलुकहरु बौरिँदै गर्दा इरान अझै बौरिन सकेको छैन । इरान अझै पनि आफ्ना साधारण जनतालाई शत्रु देश अमेरिकाले विश्वमा कब्जा जमाउन भाइरस फैलाएको भनेर जनताहरुलाई अझै ‘राष्ट्रवादी’ बनाएर आफ्नो राजनीति बलियो बनाउन लागिपरेको छ ।

 

धर्मका नाममा शत्रु र मित्र घोषणा गर्दै हिँडेको इरानमा एक धार्मिक कार्यक्रम मार्फत भाइरस तीव्र गतिमा फैलिन थालेको थियो । त्यहाँका शासकहरुले ‘अल्लाह’को नाममा प्रार्थना गरे भाइरस कुनै हालतमा नफैलिने भनेर साधारण मानिसहरुलाई दिग्भ्रमित तुल्याएका थिए । धार्मिक राजनीतिको रङ नमिसिएको भए सायद इरानमा भाइरसको प्रभाव कम हुन्थ्यो कि ।

 

कोरोनाबाट अर्को अत्याधिक प्रताडित राष्ट्र ब्राजिल हो । त्यहाँका राष्ट्रपति ‘तटीय क्षेत्रका ट्रम्प’को रुपमा चर्चित छन् । उनी चरम दक्षिणपन्थी रुझानका मानिस हुन् । उनका महिला विरोधी र अपमानजनक अभिव्यक्तिहरु चर्चित छन् । उनी चरम जातिवादी पनि हुन् । उनमा लोकतन्त्र प्रति विश्वास छैन ।

 

जनताको पक्षमा राजनीति गर्ने अन्य धेरै देशहरुका उदाहरण पनि छन् जसले कोरोनाको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गरिसकेका छन् । जर्मनी, फिनल्याण्ड, न्युजिल्याण्ड, अष्ट्रेलिया लगायत धेरै देशहरु छन्

 

महिला र अल्पसंख्यक प्रति सम्मान नभएको, सामान्य जनताको लोकतान्त्रीक अधिकार प्रति चासो नभएको दक्षिपन्थी राजनीतिले महामारीजन्य रोगको व्यवस्थापन जसरी गर्छ ब्राजिलले अहिले त्यसरी नै गरिरहेको छ कोरोनाको व्यवस्थापन ।

 

अर्को पिडित देश रुसका राष्ट्रपतिले महामारीको समयको ‘सदुपयोग’ गर्दै आफु सन् २०३० सम्म राष्ट्रपति बन्ने बाटो खोल्नका लागि संबिधान संशोधन गरेका छन् ।

 

हाम्रो छिमेकी राष्ट्र भारत अर्को ज्वलन्त उदाहरण हो । त्यहाँका प्रधानमन्त्री सामान्य जनताको गाँस र जमिन खोसेर, ठूला कर्पोरेटहरुलाई खुसी तुल्याएर, पाकिस्तान विरोधी ढोल बजाएर, ‘विकास’को नारा दिएर र भित्री रुपमा भारतलाई हिन्दू राष्ट्र बनाउने एजेण्डा बोकेर राजनीतिमा उदाएका मानिस हुन् । सामान्य भारतीयहरु उनको राजनीतिक एजेण्डामा अटाउँदैनन् ।

 

सामान्य मानिस नअटाउने राजनीतिले उनीहरु सम्बन्धित जनस्वास्थ्यका कार्यक्रमहरु जसरी सञ्चालन गर्न सक्छ भारतमा त्यसरी नै भएको छ । करोडौं भारतीयहरु भाइरस भन्दा पनि भोकले मर्ने गरी गरिएको लकडाउनको समेत भारतमा नगन्य प्रभाव परेको तथ्य लुकेको छैन । कैयौं भारतीयहरु लकडाउनको समयमा खान नपाएर र घर जाँदा बाटोमा कैयौं दिन हिँड्दा हिँड्दै बाटोमै मरेका छन् ।

 

नेपाल अर्को त्यस्तै ज्वलन्त उदाहरण हो । नेपालका प्रधानमन्त्रीले जनताको अधिकारको पक्षमा लडेको, जेल बसेको इत्यादि भनेर जतिनै कुरा गरे पनि उनलाई लोकतन्त्रका आधारभूत अवधारणा प्रति विश्वास छैन । लोकतन्त्रलाई सृद्धढ गर्ने संस्थाहरुसँग उनी ‘इरिटेट’ हुने गरेका छन् । उनको राजनीतिको उठान नै गुटगत राजनीति र जनताको अधिकारहरु कुण्ठित तुल्याउन अनवरत रुपमा विष बमन गरेका कारण नै भएको हो । यो बीचमा उनले राष्ट्रवाद नाम गरेको घृणाको राजनीतिको पनि लाभ उठाए, जुन अझै जारी छ ।

 

यस्तो राजनीति गर्ने मानिसका लागि कोरोना महामारीको नियन्त्रणका लागि गरेको भनिएको लकडाउन केवल आफ्नो राजनीतिक धरातल बलियो बनाउन र विपक्षीहरुलाई विभिन्न ढंगल तह लगाउने षड्यन्त्रका तानाबाना बुन्ने अवसरको रुपमा परिणत हुनु स्वभाविक नै हो । जनताको स्वास्थ्य र भोक कुनै पनि प्राथमिकतामा नपर्नु यहाँका प्रधानमन्त्रीको राजनीतिको स्वभावीक परिणति हो । त्यस कारण यस्तो राजनीतिमा कोरोना जसरी फैलनु पर्ने हो त्यसरी नै फैलिरहेको छ । भाइरस नियन्त्रणको लागि पाएको अवसर जसरी गुमाउनुपर्ने हो प्रधानमन्त्रीको राजनीतिले त्यसैगरी गुमाएको हो ।

 

जनताको पक्षमा राजनीति गर्ने अन्य धेरै देशहरुका उदाहरण पनि छन् जसले कोरोनाको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गरिसकेका छन् । जर्मनी, फिनल्याण्ड, न्युजिल्याण्ड, अष्ट्रेलिया लगायत धेरै देशहरु छन् । कतिपय देशहरु नेपाल भन्दा धेरै जनसंख्या भएका र विश्वभरका मानिसहरु धेरै आवतजावत हुने गरेका देशहरु पनि छन् । तर, उनीहरुको जनपक्षीय राजनीतिले कोरोना नियन्त्रणमा आयो । त्यहाँको नेतृत्व जनस्वास्थको काममा कसरी खट्यो भनेर इन्टरनेटमा खोज्दा सहजै सबै तथ्यहरु पढ्न पाइहालिन्छ ।

 

समग्रमा भन्दा मानव समाजका हरेक पाटोमा राजनीतिको उपस्थिति हुन्छ । रोगमा पनि राजनीति हुने माथिका उदाहरणहरुले नै पुष्टि गर्छन् । त्यसैले नेपालले अहिले सामना गरिरहेको भयावह अवस्था रोग भन्दा पनि आधारभूत रुपमा विकृत राजनीतिको कारणले नै हो ।

 

यो सामान्य तथ्यलाई बुझ पचाउँदै मन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति पस्यो भन्नु महामारीलाई जैविक र प्राकृतिक रुपमा मात्र सिमित गराएर आफ्नो कमिशन खोरी र विकृत राजनीतिलाई ढाकछोप गर्ने दुष्प्रयास शिवाय अरु केही पनि होइन ।