काठमाडौं । विश्व बैंकले नेपालको सडक पूर्वाधार विकास गर्न ४५० मिलियन अमेरिकी डलर (करिब ५४ अर्ब २८ करोड रुपैयाँ ) ऋण सहायता उपलब्ध गराउने भएको छ।
बैंकले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको रणनीतिक सडक पूर्वाधारको विकासका लागि उक्त ऋण स्वीकृत भएको जानकारी गराएको छ ।
कोरोनापछिको अवस्थामा अन्तरदेशीय व्यापार बृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋण स्वीकृत गरिकएको बैंकले जानकारी दिएको छ।
विश्व बैंकले स्वीकृत गरेको उक्ता ऋणबाट विशेषगरी नागढुंगा-नौबिसे-मुग्लिङ सडक खण्डको स्तरोन्नति तथा कमला-ढल्केबर-पथलैया सडक खण्डको स्तरोन्नतिको काममा खर्च हुनेछ ।